जनकपुरधाम ४ माघ ।
बलिदानी दिवसको अवसरमा मुख्यमन्त्री सञ्चार सचिवालयले प्रदेश २ मा माघ ५ गते सोमबार सार्वजनिक विदा दिइएको घोषणा गरिएको छ ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झानामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाइने गरिन्छ । बलिदानी दिवस सिरहाको लहानस्थित मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको स्मरणमा मनाउँदै आएको छ । तर, यसपालि प्रदेश २ को विभिन्न ठाउँमा मनाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here