बारा ४ माघ ।
बारामा चट्याङले ज्यान गुमाएको परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको छन। बाराको फेटा गाउँपालिका वडा नम्बर १, त्रिवेणीमा गत असार १८ गते वर्षासँगै परेको चट्याङले ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ सहयोग गरेको हो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शनिबार त्रिवेणी गाँउमा पुगेर मृतक इन्दुदेवी महतो र सुनरपती देवी महतोको परिवारका अभिभावक हिरालाल महतो, र जादोलाल महतो लाई प्रतिपरिवार एक लाख रुपैयाँको चेक प्रदान गरेका छन्। असार १८ गते बारामा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको थियो। घटनापछि प्रदेश २ सरकारले मृतकका परिवारलाई १ लाख रुपैयाँ सहयोगगर्ने प्रतिवद्धता गरेको थियो।







