रौतहट, २४ कार्तिक ।
नेपाल सरकारका कर्मचारीले प्रत्यक्ष रुपमा जनसेवा कार्य गर्न थाले पछि जनप्रतिनीधीहरुको टाउको दुख्न थालेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं.३ घर भई फतुवा विजयपुर नगरपालिकामा कार्यरत राष्टसेवक कर्मचारी मुकेश कुमार शाहले आज हुने छठ पर्वका ब्रतालुहरुलाई साडी वितरण कार्य गरेका छन् ।
समाजसेवामा तलिन देखिएका राष्टसेवक कर्मचारी मुकेश आफना वडाका छठ ब्रतालुहरुलाई आफनै निवासी मेवाबाट साडी वितरण गरेका हुन ।
उनले मंगलबार आफना निवासमै बोलाएर छठ ब्रत गर्ने ब्रतालु तथा ब्रत बसेका आफन्तहरुलाई साडी वितरण गरेको देखे पछि बजेटका रकम अनाहक रुपमा खर्च गरि आफु समाजसेवी बन्ने स्थानिय जनप्रतिनिधीहरुको टाउको दुखाईको विषय बन्न गएको हो । राष्ट सेवक मुकेश विभिन्न चाडवाडमा आफना वडाका बासिन्दाहरुलाई सहयोग गर्ने गरेको देखिन्छ ।








