वीरगञ्ज ४ माघ ।
वीरगञ्ज महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन तथा संस्थागत विद्यालयहरुको पठनपाठन माघ ४ गतेदेखि ६ गतेसम्म स्थगित गर्ने सहमति भएको महासंघ वीरगञ्जका अध्यक्ष विनोद मेहताले बताए।
चिसो बढ्दै गएको कारण बालबालिकाकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरको सभ्भावनालाई मध्यनजर गरी विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरुको परामर्श एवं वीरगञ्ज महानगरपालिकासँगको अनौपचारिक छलफलबाट विद्यालयहरुको पठन पाठन स्थगित गर्ने सहमति भएको प्याब्सन वीरगञ्जका अध्यक्ष आलोककुमार चौरसियाले बताए ।








