सप्तरी १७ मंसिर ।
सप्तरीको रुपनि गाउँपालिका १ मा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेश कुमार यादवकी २४ बर्षिृया श्रीमती रमिला देवि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माहुरीको टोकाइबाट सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनिले जनाएको छ । मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंंह अञ्चल अस्पतालमा पोष्टमार्टमकालागि पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here