पाँचथर १७ मंसिर ।
फिदिम नगरपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत फिदिम १ मा मंगलबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा फिदिम–१ का अर्जुन शंकर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

धरान उपमहानगरपालिका १ का पर्वत गुरुङ र झापा गरामुनि १ बस्ने २१ वर्षीय अर्जुन मगर गम्भीर घाइते भएका हुन् । उनीहरुको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नम्बरको डबल क्याप पिकअप गाडी दुर्घटना भएको हो । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here