जनकपुरधाम ,२७,जेष्ठ ।
मधेशका पत्रकार र संचार माध्यमका लागि मधेश प्रदेश मिडिया काउन्सिलले आचार संहिता बनाएको छ ।
प्रदेशको भूगोल,अवस्था र पत्रकारितामा देखिएको विकृतिलाई स्वनियमन गर्न संहिता बनाइएको जनाइएको छ । काउन्सिलले गत महिना प्रदेशका सबै जिल्लामा गएर सुझाब संकलन गरी जिल्लाबाट दिइएको सुझाबलाई संहितामा समेटिएको बताइएको छ । विहीबार प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले काउन्सिलद्वारा बनाइएको पत्रकार तथा सञ्चार माध्यम आचार संहिता २०७९ सार्वजनिक गरेका छन् । प्रदेश मिडिया काउन्सिलले प्रेस काउन्सिल नेपालले बनाएको ०७४ कै आचार संहितालाई संशोधन गरी प्रदेशको आचारसंहिता तयार पारेका छन् । काउन्सिलका अध्यक्ष शिवहरि भट्टराइले केन्द्रकै संहिताबाट केही बुंदा हटाइएको, केही थपिएको र केही परिमार्जन गरी प्रदेशको आचारसंहिता बनाइएको जानकारी दिए । सो कार्यक्रममा मन्त्री साहले सरकार सञ्चारमैत्री बन्न तयार रहेको बताउदै सञ्चार विधेयकमा देखिएको केही त्रुटि सुधार गर्न प्रदेशसभामा संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिए ।






