रौतहट १७ मंसिर ।
रौतहटको कटहरिया नगरपालिकाकि उपमेयर नुरजहाँ खातुनको रोहवरमा बुधबार सहुलियत दरको मलखाद बितरण गरिएको छ । श्री समाज सेवा कृषि सहकारी संस्था कटहरिया ७ को माध्यम बाट उपमेयर खातुनको रोहवरमा मलखाद बितरण गरेको हो । नेपाल सरकार द्वारा किसान का लागि अनुदानमा मलखाद उपलब्ध गराउने मलको आपूर्ति तथा वितरण व्यवस्थापनका संयोजक नगर उपप्रमुख नुरजाहां खातुनले सिफारिस गरे अनुसार कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहापुर ले उपलब्ध गराइएको थियो ।
उपमेयर खातुनले सरकारले मलखादको निर्धारण गरेको मूल्य भन्दा बढी रकम नलिन सहकारी संस्था को अध्यक्ष रामअश्रय साह लाई निर्देशन दिएकी थिईन ।
उक्त अवसरमा समाजसेवी नसरुदिन अन्सारी, वडा अध्यक्ष हरिभजन साह ज्यू, वडा सचिव जयराम साह ज्यू, धर्मेन्द्र कुमार साह, तुलसी महतो, सोनफी महतो, वडा कमिटी अध्यक्ष राजाराम महतो, को समेत उपस्थिति रहेको उपमेयरका सल्लाहकार रामअधार यादवले जानकारी दिएका थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here