रौतहट । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत आज रौतहटको गौर स्थित श्री जुद्ध नमूना माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरिएकाे छ ।No description available.

प्रदेश नं २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवको प्रमूख उपस्थितामा विद्यालयका छात्रालाई ९७ वटा साइकल वितरण गरिएको हो । यो विद्यालयको लागि सरकारले कुल ११९ वटा साइकल वितरण गर्ने जनाएको छ । जसमध्ये ९७ साइकल आज वितरण भएकाे छ भने बाँकी रहेको २२ वटा साइकल पनि जन्मदर्ता पेश गरेपछि वितरण गरिनेछ ।No description available.

दक्षिण एसियामा महिलालाई हेर्ने दृष्टिकोण र लैंङ्गिक विभेद्ता जस्ता समस्यालाई समाधान गर्न लैंङ्गिक सामान्ता ,छोरीलाई पठनपाठनको निम्ति प्रोत्साहन गर्नु यो अभियानको मूल उद्देश्य रहेको कृषि राज्यमन्त्री योगेन्द्र यादव बताए ।

आजको कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमूख अजय कुमार गुप्ता, उपनगरप्रमूख किरण ठाकुर , गौर २ वडा कार्यालयका अध्यक्ष लगायत विद्यालयका सम्पूर्ण शिक्षक, शिक्षिका र अन्य जनप्रतिनिधिहरुको उपस्थिता देखिएको थियो ।No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here