गलेश्वर (म्याग्दी), २ साउन
गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ । गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागिरु ४० लाख २५...
वीरगञ्ज (पर्सा), २ साउन
मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताउनुभयो । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व...
धरान (सुनसरी), २ साउन
धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो । एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था...
भैरहवा (रुपन्देही), २ साउन
मोहर्रम पर्व धुमधामका साथै मनाइँदै छ । हसन र हुसेनको प्रतीकस्वरुप ताजिया निर्माण गरी यो पर्व मनाइँदै छ । रुपन्देहीमा मुस्लिम मात्र होइन हिन्दू धर्मालम्बीले पनि ताजिया बनाई विधिवत रूपमा पूजाअर्चना गरेका छन् । भैरहवा...
काठमाडौँ, २ साउन
काठमाडौँको उत्तरी भेगस्थित शेषनारायण मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । दक्षिणकाली नगरपालिकाको फर्पिङमा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन मेला लाग्छ । यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मी...
म्याग्दी, १ साउन
मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन् । मुस्ताङ भित्रने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चार जना बढी...
वीरगञ्ज (पर्सा), १ साउन
वीरगञ्ज महानगरपालिकाले वर्षायामको समयमा हुनसक्ने डुबानलाई लक्षित गरेर मङ्गलबारदेखि नै पानीको निकास र फोहरमैला व्यवस्थापनमा सक्रिय रहन सरसफाइकर्मीलाई निर्देशन दिएको छ । महानगरका प्रमुख राजेशमान सिंहले वर्षातको समयमा हुनसक्ने डुबानलाई तत्काल निकास दिन तथा फोहर...
म्याग्दी, १ साउन
मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो । कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन...
गुल्मी, १ साउन
धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि साउने मेला सुरु भएको छ । साउनभर सञ्चालन हुने मेलामा रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान र पूजाआजाका लागि दिनहुँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । रेसुङ्गा क्षेत्रमा रहेको महापोखरीमा स्नान गरेपछि चारधाम...
बैतडी, १ साउनः
सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै यहाँका मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको जानकार जयानन्द भट्टले बताउनुभयो । साउनमा...












