काठमाडौँ, २७ असार ः
चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले राज्यबाट रु ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब...
सिरहा, २७ असार :
सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती...
काठमाडौँ, २७ असार :
नेपाल कम्युनिष्ट पार्टी (एमाले)केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको छ । पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिनेगरी विभागको...
महेन्द्रनगर (कञ्चनपुर), २७ असार :
कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन् । सोमबार बेल्डाडी गाउँपालिका–५ भुर्षामा चौधर...
म्याग्दी, २७ असारः
जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गर्नुभएको हो...
काभ्रेपलाञ्चोक, २७ असार :
मण्डनदेउपुर नगरपालिकाले नगरकोट–नयाँगाउँ–कुन्ताबेँसी सडकमा आजदेखि मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक बुधबारदेखि अवरुद्ध भएपछि उक्त सडकमा चाप बढ्दा नगरले भारबहन क्षमता बढी भएका मालवाहक सवारीसाधन सञ्चालनमा...
काठमाडौँ, २७ असार :
बाढीपहिरोका कारण देशभर एक सय ३२ सडकखण्डको यातायात सेवा प्रभावित भएको छ । सडक विभागको तथ्याङ्कअनुसार आज १३ सडकखण्ड पूर्णरुपमा तथा एक सय १९ सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् । विभागका प्रवक्ता सुनिल पोखरेलका...
काठमाडौँ, २७ असार :
राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको...
काठमाडौँ, २७ असार :
आँपको बगैँचामा झुला । हल्का हावाको बहाव अनि त्यही हावासँगै झुलामा नतमस्त रमाइरहेका नारीहरु । यो आकृति चित्रकार एससी सुमनले ‘आँपको बगैँचामा झुला’ शीर्षकमा केन्द्रित भई कोर्नुभएको मिथिला चित्रकला हो । सुमनले तीन वर्षअघि उहाँको...
मोरङ, २७ असार :
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमले निष्पक्षरुपमा जनतालाई सही सूचना सम्पे्रषण गर्नुपर्ने बताउनुभएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सञ्चारकर्मी दलगत भावनाबाट मुक्त भई...














