राैतहट । गएराती परेकाे असारे पानी संगै राैतहटका किसानहरुले धान राेपाई कार्य सुरु गरेकाे छ । आकलझुलक रुपमा कहि काहीँ माेटर तथा पम्पीसेटकाे मदलले पानी पटाई राेपाई गर्दै आएका किसानहरु अहिले अकाशे पानी पाउदा खुशी हुँदै खेत जाेत्दैं राेपाईकाे कामलाई तिब्रता दिएकाे छ । हिजाे मात्रै सुख्खा माैसममा राष्ट्रिय धानदिवश मनाएका राैतहटका किसानहरु अहिले भन्ने पानी नै पानीले भरिएकाे खेतमा राेपाई गर्नपाउदा असाध्यै खुशी भएका छन । नेपाल कृषि प्रधान देश भए ता पनि सरकारी स्तरबाट खेतीका लागि पानीकाे सम्मउचित व्यवस्था नभएकाले खेतमा धान राेपाईका लागि अकाशे पानीको भरपर्नु परेकाे किसानहरुकाे गुनासो रहेकाे छ ।








