बाजुरा, ८ साउन  अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन् । लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ । पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले...
काठमाडौँ, ८ साउन  गृहमन्त्री रमेश लेखकले सरकारले प्राकृतिक विपत्बाट प्रभावित सबै जिल्लामा आवश्यक राहतको प्रबन्ध मिलाइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले क्रियाशील रुपमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य गरिरहेको बताउनुभएको हो । उहाँले मनसुनबाट ७७ जिल्ला नै...
पर्वत ८ साउन यहाँको हुवासस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माण गर्न पैंयुँ गाउँपालिकाका स्थानीयबासिन्दाले निःशुल्क जग्गा प्रदान गरेका छन् । मासिक रु ३० हजार तिरेर भाडाको घरमा सञ्चालन हुँदै आएको इलाका प्रकाशनलाई भवन निर्माण गर्न जग्गा खोजी भइरहेको थियो...
वीरगञ्ज (पर्सा), ८ साउन यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । सशस्त्र...
तनहुँ, ८ साउन यहाँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणले गति लिएको छ । हालसम्म आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बर्खायामको समयमा सेतीनदीमा आउने बाढीका कारण थोरै निर्माण...
काठमाडौँ, ८ साउन “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास...
काठमाडौँ, ८ साउन  प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले नवगठित केपी शर्मा ओली नेतृत्वको सरकारलाई बधाई दिँदै जनताका गुनासा सम्बोधनका लागि ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)लगायतको सहभागिता रहेको...
बागमती, ८ साउन  बागमती सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच मन्त्रालय बाँडफाँट भएको छ । कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, श्रम रोजगार तथा...
गोरखा, ८ साउन यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद...
बागमती, ८ साउन नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा(तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गर्नुभएको...

भरखरै प्राप्त

धेरैले पढेको