काठमाडौं २५ पुस ।

डिजिटल भुक्तानी सेवा प्रदायक संस्था फोन पे को नेटवर्कमा माइ पे जोडिएको छ । सोमवार काठमाडौंका एक कार्यक्रमबीच माई पेले फोन पेसँग सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौतामा पत्रमा फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र माइ पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सहकार्य सम्झौतामा हस्ताक्षर गर्नुभयो । सम्झौता भएसँगै करिव ८ लाख भन्दा बढी सेवाग्राही भएको माइ पे विधिवत रुपमा सोमवारदेखि फोन पे को नेटवर्कमा
जोडिएको छ । सम्झौता भएसँगै अब फोन पे का ११ लाख भन्दा बढी मर्चेन्ट आउटलेटमा माइ पेका सेवाग्राहीले क्युआर मार्फत भुक्तानी गर्न पाउने भएका छन् । सम्झौतामा हस्ताक्षरपछि बोल्दै फोन पे का प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले माइ पे लाइ फोन पे को नेटवर्कमा जोड्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले अब माइ पे का प्रयोगकर्ताले पनि क्युआरमार्फत भुक्तानी गर्न पाउने बताउनु भयो । उहाँले माइ पेसँगको सहकार्यले डिजिटल भुक्तानी
बढाउन थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै,माइ पे का प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले आफ्ना
सेवाग्राहीलाई थप सुविधा दिन फोन पे को नेटवर्कमा जोडिएको बताउनु भयो । उहाँले फोन पेसँगको सहकार्यले सेवाग्राहीलाई थप सुविधा हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले माइ पेले डिजिटल कारोबारलाई कसरी व्यवस्थित बनाउने भन्ने काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here