काठमाडौं २५ पुस  ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने ठाउँमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनु भयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताउनु भयो । उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरु सत्तामा कसरी जाने रु र जुनसुकै मूल्य चुकाएर भएपनि सरकारमा जानैपर्ने
स्थिति विकराल बन्दै गएको बताउनु भयो । उहाँले निर्वाचन लडि नसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरुले थुपारेको बताउनु भयो । उहाँले राजनीति पार्टीहरुप्रति, नेता, सांसद, मन्त्रीहरुप्रति जनताको आस्था नरहेको
बताउनु भयो । अध्यक्ष केसीले न्यायलयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबैकुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताउनु भयो । उहाँले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकार जस्तो भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here