काठमाडौं २५ पुस  ।

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताउनुभएको छ ।  सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले बेथितिका बिरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताउनु भयो । उहाँले ेपाली काँग्रेस
नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताउनु भयो । सांसद पौडेलले काँग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसदलाई प्रभावकारी बनाउने बताउनु भयो । सांसद पौडेलले आजको बैठकमा शिर्ष नेताहरुले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास
लिएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here