गोरखा, १४ साउन
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ । पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा...
म्याग्दी, १४ साउन
मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराविद् सञ्जय था श्रेष्ठ र शङ्कर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । नेपाल बर्ड रेकर्ड कमिटि...
भोजपुर, १४ साउन
जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ । ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि...
काठमाडौँ, १४ साउन
पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी...
चितवन, १४ साउन
नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ...
मनाङ, १४ साउन
बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ । चामे गाउँपालिका–१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो । वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि...
घोराही (दाङ), १४ साउन
जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो । उहाँले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्नुहुन्छ । हरेक वर्ष जेठदेखि कार्तिकसम्म...
कञ्चनपुर, १४ साउन
बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । निकुञ्जमा भाले पाटेबाघ १२,...
काठमाडौँ, १४ साउन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य...
काठमाडौँ, १४ साउन
प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३औँ जन्मजयन्ती समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरुको उदाहरण दिँदै देश...













