काठमाडौँ, २३ मङ्सिर |
सरकारले यसै आर्थिक वर्षमा सय आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य लिएको छ । अहिले २६ आधारभूत अस्पताल सम्पन्न गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसै आर्थिक वर्षमा सय अस्पताल निर्माण लक्ष्य लिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले...
गोदावरी (कैलाली), २३ मङ्सिर |
पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा...
बाजुरा, २० मङ्सिर |
बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी हुन् ।सुत्केरी...
महोत्तरी, १९ मङ्सिर |
नेपाल प्रहरीले मधेस प्रदेशमा लागुपदार्थ दुर्व्यसनविरुद्ध नयाँ अभियान सञ्चालन गरेको छ । लागुपदार्थको दुर्व्यसन र यसको कारोबारविरुद्ध सचेतना र निस्तेजकार्य सँगसँगै बढाउन प्रदेशका आठवटै जिल्लामा ‘नवप्रवर्तनीय कार्य’अभियान सञ्चालन गरिएको नेपाल प्रहरी, मधेस प्रदेश कार्यालय जनकपुरधामले जनाएको...
झापा, १७ मङ्सिर |
गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उहाँले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिनुभएको थियो । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उहाँको परिवारमा लत्ताकपडा र खाद्यान्नको...
चितवन, १६ मङ्सिर |
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताउनुभयो ।...
काठमाडौँ, १५ मङ्सिर |
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७...
चितवन, १४ मङ्सिर |
सन् २०२३ को ११ महिनामा जिल्लामा ७८ जना एचआइभीबाट सङ्क्रमित भएका पुष्टि भएको छ ।छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार चार सय २५ जनाको...
बराहपोखरी (खोटाङ), १४ मङ्सिर |
खोटाङको दुर्गम गाउँ बराहपोखरीमा सञ्चालित बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयवासीले लाभ लिएका छन् ।जिल्ला सदरमुकाम दिक्तेल बजारबाट दक्षिण भेगमा पर्ने यस क्षेत्रमा पुग्न दिक्तेलबाट सवारीसाधनमा करिब आठ घण्टा लाग्दछ । यहाँका मानिस बिरामी भएर उपचार...
मुगु, १० मङ्सिर |
आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन । केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र...














