२९ असार २०७८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
आजै देउवाले प्रधानमन्त्री...
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ । आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेस,...
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले...
काठमाडौँ । नेकपा (एमाले) को आजको स्थायी कमिटीको उपलब्ध सदस्य बैठकले प्रतिनिधिसभा पुनःस्थापना गराउने सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको ठहर गरेको छ । एमालेले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउने कोशिश भएको पनि विश्लेषण गरेको छ ।
प्रधानमन्त्री...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू गठबन्धनमा नरहने गठबन्धनका दुई नेतालाई जानकारी दिएका छन् । एमाले पार्टी एकताको तयारीमा रहेको र गठबन्धनमा रहेर निरन्तरता दिन नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू गठबन्धनमा नरहने गठबन्धनका दुई नेतालाई जानकारी दिएका छन् । एमाले पार्टी एकताको तयारीमा रहेको र गठबन्धनमा रहेर निरन्तरता दिन नसक्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...
ककाठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।
सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले...
असार २८, २०७८ काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिपारिसमा राष्ट्रपति भण्डारीले सोमबार राति १२ बजेदेखि राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।
संघीय संसद् सचिवालयले राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेको...
२८ असार, काठमाडौं । विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।
कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले भोलि...
२८ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक...












