साउन १८,सप्तरी । सप्तरी जिल्लामा रहेको मुलुककै प्रसिद्व शक्तिपिठ छिन्नमस्ता सखडेश्वरीको चाँदीको मुकुट अाईतवार सँझ ८ वजे चाेरी भएको छ।
छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा लगाईएको चाँदीको मुकुट (मस्तक) चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले जानकारी दिए ।
साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको महतोको भनाई रहेको छ।
चोरी भए लगत्तै छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।
चोरी भएपछि सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली खोजी कार्यलाई तीव्रता दिएको अाचार्यको भनाइ रहेको छ।







