साउन १८, काठमाडौं ।
प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अब अनलाइनबाट मात्र हुने भएको छ । सूचना तथा सञ्चार विभागले एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण र अनलाइन सञ्चारमाध्यम दर्तारनवीकरण पूर्ण अनलाइनमार्फत हुने जानकारी दिएको हो ।
‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण, अनलाइन सञ्चारमाध्यम दर्तारनवीकरणसँग सम्बन्धित सेवा अनलाइन तथा भौतिक उपस्थिति दुवै तरिकाबाट भइरहेकोमा आगामी मिति २०७८ साउन २० गते बुधवारदेखि विभागबाट प्रवाह हुने सेवाहरूमध्ये प्रेस प्रतिनिधि प्रमाणपत्र जारीरनवीकरण र अनलाइन सञ्चारमाध्यम दर्तारनवीकरणको कार्य विभागको वेभसाईटमा रहेको अनलाइन सेवामार्फत पूर्ण अनलाइनमा आधारित भई तपसिलको विधिबाट मात्र सेवा प्रवाह गरिने हुँदा सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशन गरिएको छ’, विभागका शाखा अधिकृत वसन्त बहादुर खत्रीद्वारा जारी सूचनामा भनिएको छ । 








