रौतहट १९ माघ ।
रौतहटको चन्द्रपुरमा जीवनयोग प्रयोगशाला योग शिविर सोमवार शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
हातेमालो यूवा क्लव को आयोजना र जीवन बिज्ञान प्रतिष्ठान को सहयोगमा कार्यक्रम शुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रदेश संसद धनलाल ठोकरले द्धारा गरिएको हो ।
उद्घाटन कार्यक्रममा डाक्टर शालिग्राम उपाध्याय,तरुणका केन्द्रीय सदस्य सपूत कार्की,नेकपाका नेता राजु धामी,नेकपाका वडा सयोजक सहदेव केसी, वडा अध्यक्ष खड्ग बहादुर कुश्वार, , हातेमालो सामुदायिक बनका अध्यक्ष रामलाल ठोकर,पत्रकार संजय कार्की लगाएतले शुभ कामना मन्तव्य राखेका थिए ।
योग प्रशिक्षक सुनिता शर्मा पौडेल योग सग जोडिएर जीवन सफल बनाउन सँपुर्णलाइ आग्रह गरेकी छिन ।
प्रमुख अतिथी धनलाल ठोकरले आयोजक सस्था लाई धन्यवाद दिदै उनले कुनै पनि काम शुरु गर्नु भन्दा पनि निरन्तरता लाई जोड दिनुपर्ने सुझाव दिए ।कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष केशव राइले गरेका हुन भने कार्यक्रमको संचालन राम बहादुर घलान ले गरेका थिए ।








