भद्रपुर १९ माघ ।
नेपालमा प्रतिबन्धित चिट्ठा खेलाउने गरेका एक भारतीय कारोबारीलाई प्रहरीले नियन्त्रण मा लिएको छ।
उक्त कारोबारीले भारत कै विहारमा समेत प्रतिबन्धित चिट्ठा झापाका सीमा वर्ती विभिन्न बजारमा खेलाउने गरेका थिए।
वडा प्रहरी कार्यालय भद्र पुरले बंगाल डांगी जोत बस्ने चिट्ठा कारोबारी २२ वर्षीय मोहम्मद समीरलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।थापाका अनुसार कोरोनाले सीमा नाका बन्द रहेको अवस्थामा भद्रपुरमा बजार क्षेत्रमा खुले आम चिट्ठा बिक्री गरिरहेको अवस्थामा उनलाई आइतबार बिहान पक्राउ गरेको हो। प्रहरीले समीरको साथबाट ४ हजार रुपैयाँ मूल्य बराबरको १५ वटा ठेली चिट्ठा बरामद गरेको छ। पक्राउ परेका उनलाई वडा प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ ।चिट्ठा ऐन, २०२५ को दफा २ मा बमोजिम निज विरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी कार्यालय झापाले जनाएको छ ।पछिल्लो समयमा भारतीय चिट्ठाका कारण भद्रपुरका केही व्यक्तिको उठीबास नै लागि सकेको छ। चिट्ठाका लतमा फसेर उनीहरूको उठीबास लागेको स्थानीयहरू बताउँछन् ।मुख्यगरी भद्रपुरको मोहपाल धर्मशाला, नगरपालिका कार्यालय, कामेश्वर कम्प्लेक्स, सब्जी लाइन, सुन पसल, बसपार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिट्ठाको खरिद बिक्री हुने गरेको पाइएको छ।
चिट्ठाका कारण नेपालबाट दैनिक लाखौँ रुपैयाँ भारततर्फ लगिने गरेको स्थानीयहरूले बताएका छन्।







