एमाले नेता तथा पूर्वमन्त्री भानुभक्त ढकालले कविता, गजलमा भनेका विषयहरुले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र मुलुकको उज्वल बनाउन योगदान पुर्याउने गरेको बताए ।
एमाले निकट अनेरास्ववियुको राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ को ग्रान्ड फिनालेमा सम्बोधन गर्दै ढकालले नीति निर्माण र मुलुकको नेतृत्व गर्ने नेताहरुमा भएका कमजोरीलाई हटाएर सतबुद्धिमा आउनको निम्ती पनि रचनात्मक सोचले सहयोग पुग्ने बताएका हुन् ।
उनले भने, ‘जब मान्छेहरु जिम्मेवारीबोधका साथ काममा लाग्छन्, आलोचना भन्दा पनि जिम्मेवारीले व्यक्तिहरुलाई थिच्दै जान्छ । कविता, गजलमा व्यक्त विषयहरुले देश निर्माण, राष्ट्रियता, राष्ट्रिय एकता र नेपालको भविष्य उज्जल बनाउने कुराका निम्ति योगदान पुगोस् । सबैले गरेका आलोचनाहरुले नीति निर्माण गर्ने र मुलुकको नेतृत्व गर्ने नेताहरुलाई पनि कमीहरु छन् भने ति कमीहरुलाई हटाएर सतबुद्धिमा आउनका निम्ति पनि रचनात्मक सोचले सहयोग पुग्नेछ । साहित्य भन्ने कुरा यति राम्रो र मिठो छ की दुई हार मात्र भयो भने पनि बोल्नुपर्ने र भन्नुपर्ने धेरै कुराहरु त्यसमा समेटिएको हुन्छ ।’
साथै उनले मुलुकको सामाजिक अराजकता र सामाजिक विश्रृङखलता राजनीतिमा गाली खेती मात्र हुन्छ भन्ने कुरालाई न्यूनीकरण गर्ने कुराका निम्ती पनि युवा साहित्य महोत्सवले सकारात्मक योगदान पुर्याउने बताए ।
यसैगरी राष्ट्रिय युवा सङ्घ शिक्षा विभाग प्रमुख एवं युवा साहित्य सम्मेलनका संयोजक कुबेर अधिकारीले विदेशमा भएका युवाहरुलाई नेपालमा फर्काउन सकौं भन्ने भाव सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले सतप्रतिशत सबै कुराहरु हामी युवा सक्छौं भन्ने होइन तर युवाहरुमा अब नेपालमा केही हुन्छ भन्ने भाष्य निर्माण गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘युवाहरुमा हामीले यस्तो भाव पैदा गर्नुपर्छ जसले विदेशमा भएका युवाहरु पनि नेपालमा फर्किउन भन्ने भाव सिर्जना गर्नुपर्नेछ । सतप्रतिशत सबै कुराहरु हामी युवा सक्छौं भन्ने होइन तर युवाहरुमा अब नेपालमा केही हुन्छ भन्ने भाष्य निर्माण गर्न जरुरी छ । विदेशी भूमिमा रगत पसिना बगाइरहेका युवाहरु हुनुहुन्छ उहाँहरुलाई आफ्नो रिटायर जीवनमा नेपालमा केही गर्छु भन्ने मानसकिता जोगाउनको निम्ति समेत युवा साहित्य सम्मेलन हामीले गरेका हौं ।’ तीन दिनको साहित्य सम्मेलन शुक्रबार समापन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here