पोखरा ।

हाईड्रोपावरको स्टोरमा राखिएका तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार र जेनेरेटरको पार्टपुर्जा चोरी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने वर्ष २९ को सुजन परियार, सोही वडाको आर्मी प्लटिङ बस्ने वर्ष ३७ को विकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने वर्ष २६ को निशान दर्जीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुबिरुद्ध प्रहरीले उक्त स्टोरबाट चोरी गरिएका ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत गरी अन्दाजी छ लाख रुपियाँ मूल्य बराबरको सामान चोरी गरेको आरोप लगाएको छ ।उनीहरुले उक्त स्टोरबाट चोरी गरी ल्याएका तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा पोखरा महानगरपालिका १४ चाउथेबाट पक्राउ गरिएको प्रहरीको दाबी छ ।उनीहरुको साथबाट तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६ के.जी. तामाको तार र ७ के.जी. तामाको टुक्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।अभियुक्तहरु बिरुद्ध कास्की जिल्ला अदालतमा चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आबश्यक अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here