काठमाडौं ।

नेपालकी पलेशा गोवद्र्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् ।के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् ।पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक पनि बनेको छ ।कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन् ।पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन् ।नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिकमा सहभागिता जनाएको जनाएको ६ दशक सम्म पदक विहिनताको अवस्थालाई पलेशाले तोडेकी हुन् ।उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here