दोधारा चाँदनी, ८ मङ्सिर |

कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका रोहित चन्द विदेश जाने तयारीमा हुनुहुन्थ्यो । त्यस्तै उहाँका भाइ शाहिल चन्द पनि कक्षा १२ उतीर्ण गरेपछि क्यानडा जाँदै हुनुहुन्थ्यो ।लामो प्रक्रियापछि भाइको क्यानडा जाने निधो भयो । जब भाइको बिदाइका लागि रोहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे त्यहाँको दृश्यले उहाँको मन चुँडियो ।“विदेश जानेहरूको ठूलो जमात थियो, रुँदै आफ्ना आफन्तलाई बिदाइ गरेको देख्दा मन चुँडियो,त्यति बेला रोहित पोखरा विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेका थिए । “त्यो एयरपोर्टको दृश्यदेखेपछि आफ्नै देशमा केही गरौँ भन्ने लाग्यो ।महेन्द्रनगरस्थित अमिटी कलेजबाट बिबिए अध्ययन गरेका रोहितले गाउँमै वार्षिक ५५ हजार भाडामा पाँच कट्ठा जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । उहाँले होटल व्यवसायमा परम्परागत तरिकाभन्दा भिन्न तरिकाले आफूले रिसोर्ट सञ्चालन गर्ने बताउनुभयो । “यो व्यवसाय मैले पर्यटनसँग पनि जोडेको छु ।रिसोर्टमा पनि पर्यटकलाई आकर्षित गर्ने गरी निर्माण गरेको छु,” रोहितले भन्नुभयो, “आफ्नै देशमा पनि केही गरेर पैसा कमाउन सकिन्छ भनेर व्यवसाय सुरु गरेको हुँ ।” उहाँले पछिल्लो समय पैसाकै लागि युवा विदेश पलायन भइरहेको बताउँदै स्वदेशमै केही उदाहरणीय कार्य गरेर पनि पैसा कमाउन सकिने बताउनुभयो । “पैसाकै लागि आमाबुवा छोडेर घरबाट टाढा जान्छौँ, ।”रोहितले पैसा कमाउनै घरपरिवार छोडेर विदेशिनुभन्दा स्वदेशमै लगानी गर्न आग्रह गर्नुभयो । पछिल्लो समय त विदेश जानु फेसन जस्तै भइसकेको छ । पढ्न र काम गर्नका लागि देश छाड्ने बर्सेनि लाखौँ युवा छन् । त्यतिमात्रै होइन देशमा राम्रो कमाउने स्थापित पारिवारका, रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरू पनि नेपालबाट पलायन भइरहेका छन् ।–

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here