रौतहट २९ मंसिर ।
रौतहटको गरुडामा अबैध १८० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
इैलाका प्रहरी कार्यालय गरुडा मातहतमा रहेका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरुलाई चेकजाँचको क्रममा बिभिन्न मिति, समयमा अबैध घरेलु मदिरा तयारी रक्सी फेला पारी इलाका प्रहरी कार्यालयमा दाखिला गरेक थिए । सोही २० लिटरको ९ वटा ग्यालेन जम्मा १८० लि. तयारी अबैध घरेलु मदिरा सोमबार नष्ट गरेको हो ।
रौतहटको गरुडा नगरपालिका वडा नं.४ स्थित ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको मुलगेट देखि ५० मिटर उत्तर गौर चन्द्रनिगाहपुर सडकको पश्चिम सडक किनारमा सो मदिरा नष्ट गरेकोे जनाएको छ ।
ईलाका प्रशासन कार्यालय गरुडाका प्रतिनिधि, गरुडा नगरपालिकाका प्रतिनिधि स्थानिय जन प्रतिनिधि, भद्र भलादमीहरुको रोहबरमा उक्त अबैध तयारी मदिरा पोखी नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here