गौर । हरियो बन नेपालको धन उखानलाई कायम राख्नको लागि र रुख बिरुवा मानिसको लागि धेरै आवश्यक रहेको ले गर्दा अक्सिजन प्राप्तिको लागि सजिलो होस् भन्ने उदेशयले रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको बसपार्कमा अस्थायी प्रहरी चौकी बसपार्कले बुधवार एक कार्यक्रमको बीच वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको १०० थान बिभिन्न प्रजातिको बिरुवा बसपार्क आसपासको क्षेत्रमा बृक्षारोपन गरिएको छ ।

नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेकोले बसपार्क प्रहरी चौकीले १०० वटा बिभिन्न प्रजातिको बिरुवा लगाएको बसपार्क प्रहरी चौकीको इन्चार्ज प्रहरी सहायक निरीक्षक बदेबाबू यादवले बताउनु भएको छ ।

आउदो दिनमा पनि आफुले ठप्प बिरुवाको लागि पहल गर्ने प्रहरी सहायक निरीक्षक बदेबाबू यादवले प्रतिबद्धता जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here