काठमाण्डाै – अबको केही दिन पानी कम पर्ने मौसमविद्ले बताएका छन् । अघिल्लो हप्ता सक्रिय भएको मनसुनी गतिविधि अहिले केही कमजोर बनेको छ । मनसुनी न्यून चापीय रेखा दक्षिणतर्फ सरिसकेकाले तत्काल लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसाे केही ठाउँमा सामान्य पानी पर्ने सम्भवना छ । तर, देशका धेरै ठाउँमा घाम लाग्ने छ । राति भने प्रदेश १ का केही ठाउँमा ठूलो पानी  पर्ने हुँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।  अबको तीन दिन लगातार झरी नपरे पनि त्यसपछि भने फेरि मनसुन सक्रिय हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here