काठमाडौं, १६ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकाललाई दिएको आममाफि सर्वोच्च अदालतले बदर गरेपछि चेतनकी पत्नी भारती मानन्धरले अनसन तोडेकी छन्।

सरकारले रिगललाई कैद माफी दिएपछि न्याय माग्दै अनसन बसेकी भारतीले सर्वोच्चको आदेशसँगै जुस पिएर अनसन तोडेकी हुन्।

माइतीघरमा अनसनरत उनी सर्वोच्चबाट आदेश आउनु केहीबेर अघि सर्वोच्च पुगेकी थिइन्। सर्वोच्चको आदेशपछि आफूले न्याय पाएको भन्दै उनले सर्वोच्चलाई ढोगेकी छन्।

अनसनका कारण अस्वस्थ उनलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ। उनले वीर अस्पतालमै अनसन तोडेकी हुन्।

May be an image of text that says 'सूचना। सूचना।। सूचना।। राजपुर नगरपालिका वडा न. 8 अन्तर्गत मिला साहको सेलर मिलदेखि डमार चौकसम्म कालोपत्रे. नाला तथा सडक स्तरोउन्ती हुने भएकोले उक्त सडक नापी भएको दायरा मित्र र रेखाकोरेको चौडाईमित्र सडकको छेउछाउमा पर्नें घर. टहरा, पसल. रुख लगारत राखिएको अन्य वस्तुहरु मिति २०८०/०७/११ गतेमित्र स्वयंम आफैले खाली गरि विकास निर्माण कार्यमा सहयोग गरीदिनु हुन अनुरोध छ तोकिएको समय मित्र खाली नगरेमा नगरपालिकाले स्वरंम उक्त बाटो खाली गराउनेछ र त्यसमा लागने खर्च सम्वन्धित व्यक्तिले नै स्वंयम व्यहोर्न पर्ने हुनेछ। राजपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजपुर रौतहट मधेश प्रदेश. नेपाल'

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको सजाय छुट गरेका थिए। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैदमाफी बदर गरिदिएको हो।

रिगललाई कैद माफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले कैद सजाय मिनाहा बदर गरे लगत्तै ढकाललाई बाँके प्रहरीले पक्राउसमेत गरिसकेको छ।

नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले अदालतको आदेश अनुसार रिगललाई पक्राउ गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here