अन्नपूर्ण (कास्की), २९ असोज |

बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो ।उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो ।यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गर्नुभयो । जनप्रतिनिधि भएर काम गर्दा उहाँले च्याङ्ग्रा व्यापार धेरै सम्झनुभयो ।गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उहाँलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । उहाँलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । “म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु ।धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिनुहुन्छ । उहाँ दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आउनुभएको हो । सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उहाँको योजना छ । “सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ ।उहाँले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्नुहुन्छ । यो व्यापारबाट उहाँले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । “गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरुको सेवा पनि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here