३१ चैत रौतहट ।
रौतहटको राजदेवी नगरपालिकाले नि:शुल्क रुपमा शौचालय टंकी सफाई गर्दै आइरहेका छ्न । रौतहटको राजदेवी नगरपालिकामा सेवाग्राही संग बिना कुनै शुल्क र बिना ईन्धन खर्चको शौचालयको टंकीको सफाइ वर्षौं देखि हुँदै आएको नगर प्रमुख सिंहले बताए ।

राजदेवी नगरपालिकामा जनताहरुको लागि लागू गरिएको यो नि:शुल्क सुबिधा जिल्लाको अरु नगरपालिकाले अहिले सम्म लागू गरेको छैन । जिल्लाको अन्य नगरपालिकाहरुले शौचालयको टंकी सफाई बापत जनताबाट शुल्क लिदै आएका छन ।

टंकी सफा गराउन चाहने जनताले नगरपालिकामा एउटा सानो फर्म भर्नुपर्छ । फर्म भरेको लगभग १ हप्ता भित्रमा नगरपालिकाको सेफ्टी टंकी उनको घर पुगी सफा गर्ने गरेको हो । नगरपालिकामा एउटा मात्र सेफ्टी टंकी भएको ठूलो क्षेत्रफलमा रहेका नपा र बाक्लो जनआवादीले नगरपालिकामा दिनहुँ दर्जनौं निवेदनहरु दर्ता हुने गरेको हो । जसका कारण फर्म कै दिन सफाई हुन सम्भव नरहेकोले लगभग एक हप्ता लाग्ने गरेको सरसफाइ संयोजक सैफ अलि मिकरानीले बताए ।

खुल्ला दिसामुक्त हुनु भन्दा पहिले जनताको टंकी भरीसकेपछी पैसाको अभावले शौचालय गर्न पुनः खुल्ला चौरको प्रयोग गर्ने गरेको हेर्दा मैले नगरपालिका खुल्ला दिशामुक्त हुने दिन नै मंचबाट नगरपालिका भरिमा पुर्ण रुपले नि:शुल्क सेफ्टी टंकीको संचालन गर्ने भनेको थियो र त्यसो भोलिपल्टबाट नै नगरका जनताले यो नि:शुल्क सेवा लिन लागेको मेयर सिंहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here