काठमाडौं,१०,असोज  ।

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो ।निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो ।शिक्षक महासंघले सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिए पनि राहत शिक्षकले भने माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।उनीहरुले हरेक दिन माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । बुधबार शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडकको मुख्य लेनबाटै प्रदर्शन गरेका कारण सो सडक भएर चल्ने गाडीहरु बन्द भएका थिए । जसले गर्दा नयाँ बानेश्वर र माइतीघर, थापाथली क्षेत्रमा जाम बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here