काठमाडौँ, १२ असोज |

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री बस्नेतले चिकित्सकलाई आन्दोलन स्थगित गरी काममा फर्कन अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय चार वटा अस्पतालमा भएका घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो । चिकित्सकहरुलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उहाँले प्रतिबद्धता जनाउनुभयो ।“यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छ । पछिल्ला चार वटा घटनाको छानबिन र कारबाहीको काम गृह मन्त्रालयले अघि बढाइसकेको छ । आन्दोलन फिर्ता लिएर सेवामा फर्किन अनुरोध छ ।मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका अधिकांश समस्या समाधानका लागि दरबन्दी थप्ने काम अघि बढेको पनि जानकारी दिनुभयो । “अहिले देखिएका अधिकांश समस्याका पछाडि कम दरबन्दी हुनु पनि हो, दरबन्दी थप्ने काम भइरहेको छ।आजको बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टले आन्दोलनरत आवासीय चिकित्सकलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर काममा फर्कन आग्रह गर्नुभयो ।आन्दोलनरत आवासीय चिकित्सकहरुले आफ्नो सुरक्षाका लागि सडकमा उत्रन बाध्य भएको बताउनुभयो । उहाँहरुले मणिपाल शिक्षण अस्पतालमा भएको घटनामा संलग्नलाई तत्काल काबाहीको माग राख्नुभयो ।समितिका अधिकांश सदस्यले समस्याको दीर्घकालीन समाधान खोज्नेतर्फ जोड दिनुभएको थियो । समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको दुव्र्यवहारको स्थलगत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here