गण्डकी, २८ भदौ |

पोखरा थिएटरद्वारा आयोजित पाँचाँै संस्करणको पोखरा विद्यालय नाटक महोत्सवमा १५ ा नाटक मञ्चन हुने भएका छन् ।
बुधबारदेखि सुरु भई असोज १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा पोखरा महानगरपालिकाभित्रका १४ र काठमाडौँबाट अतिथि नाटकका रुपमा एक नाटक मञ्चन गरिने भएको हो । यस संस्करणको विद्यालय नाटक महोत्सवको नारा ‘शिक्षण विधिका रुपमा विद्यालयमा नाटक’ तय गरिएको छ ।महोत्सवमा प्रमुख सहकार्य पोखरा प्रज्ञा–प्रतिष्ठान गरेको छ भने ‘गण्डकी प्रज्ञा–प्रतिष्ठान र राइट फर चिल्डेनले’ सहकार्य गरेका छन् । महोत्सवको प्रवद्र्धकका रुपमा पोखरा महानगरपालिका रहेको छ ।

सबैको साथ सहयोगमा महोत्सव आयोजना हुँदै आएको बताउँदै महोत्सव संयोजक एवं पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पाँच वर्षको यस अवधिमा केही महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुुभयो ।पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सवप्रतिको आकर्षण बढ्दै गएको बताउँदै पोखरा थिएटरको स्थापना यता विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाटक मञ्चन, नाटक महोत्सवका साथै रङ्गमञ्चीय गतिविधि बढाइएको बताउनुुभयो ।महोत्सवको पहिलो दिन बुधबार हिल पोइन्ट मावि माटेपानी पोखराद्वारा तयार गरिएको नाटक ‘शिलान्यास’ मञ्चन गरिएको थियो । भीमनिधि तिवारीद्वारा लिखित नाटक रमेश तिमल्सिनाको निर्देशनमा मञ्चन गरिएको हो ।महोत्सवको दोस्रो दिन आज नवदीप बोडिङ स्कुल अम्मरसिंहले तयार ‘म..म..म..म..भूत’ नाटक मञ्चन गरिनेछ । सरुभक्तद्वारा लिखित नाटक दिप्सना विश्वकर्माको निर्देशनमा तयार गरिएको छ । महोत्सवमा मञ्चन हुने सबै नाटक हेर्ने दर्शकको सहजताका लागि एक हजार रुपैयाँ तिरेर सदस्यता लिनसक्ने व्यवस्था मिलाइएको थिएटरले जनाएको छ । हरेक विद्यालयलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here