गल्याङ (स्याङ्जा), २८ भदौ |
स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्कनुभएका उहाँले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यावसाय सुरु गर्नुभएको थियो ।कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय बङ्गुरका माउ र पाठापाठी थिए । अहिले भने त्यो सङ्ख्या घटेर एक सय वटाको हाराहारीमा बङ्गुर छन् । मासिक रु १२ लाख मुनाफा कमाउँदै आउनुभएको उहाँको आम्दानी हाल भने क्रमशः घट्दै जान थालेको छ ।उहाँले व्यावसाय सञ्चालन गरेको चार वर्ष बङ्गुरपालनबाटै परिवार राम्रोसँग पाल्दै आउनुभएको थियो । उहाँले पछिल्लो समय बङ्गुरलाई खुवाउने दानामा मूल्यवृद्धि भएकाले व्यवसाय नै धरापमा परेको बताउनुभयो ।भन्दा सजिलो जस्तो पेशा देखिए पनि बङ्गुरलाई दाना पु¥याउन गाह्रो हुने रहेछ ।” विश्वकर्माले कोरोनाको समय मासुका लागि तयार भएका बङ्गुरलाई दाना पु¥याउन नसक्दा सस्तो मूल्यमा मासु बिक्री गर्न बाध्य भएको स्मरणसमेत गर्नुभयो ।उहाँले लगानीअनुुसार अन्य पशुपक्षीको तुलनामा बङ्गुरको मासुको मूल्य उचित नभएको दाबी गर्नुभयो ।खसीबोकामा भन्दा बङ्गुरपालनमा उत्पादन लागत दोब्बर छ, सरकारले बङ्गुरको मासुको उचित मूल्य निर्धारण गरिदिएर किसानलाई राहत दिनुपर्छ ।”उहाँले सरकारले किसानलाई अनुदान नदिएर सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइदिनुपर्ने माग राख्नुभयो । विश्वकर्माले साना व्यवसाय गर्ने किसानलाई टिकाइराख्न मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा समेत जोड दिनुयो ।“विदेशमा छ वर्ष बिताए, आर्थिक स्थिति तब पनि सुल्झेन”, प्रदेशको कमाइले जीवनस्तरमा सुधार नआएपछि देशमै स्वरोजगार बन्ने अठोटका साथ गाउँ फर्केर बङ्गुरपालन गरेको छु तर पछिल्लो महँगीले अबको बाटो सहज देखेको छैन ।”किसान विश्वकर्माले घरमा पाल्दै आएका तीन माउँ र एउटा बङ्गुरको पाठोबाट सङ्ख्या बढाएर २६ बङ्गुर उत्पादन गरेर फार्म दर्ता गर्नुभएको थियो । उहाँले सुरुमा मासु उत्पादनका लागि बङ्गुरपालन गरे पनि हाल पाठापाठी उत्पादनमा जोड दिएको बताउनुभयो । यहाँ उत्पादित मासु स्थानीय बजारसँगै, पर्वत, पोखरा, काठमाडौँसम्म निर्यात हुने गरेको छ ।उहाँलाई श्रीमती विष्णुमायाले व्यवसाय सञ्चालनमा साथ दिँदै आउनुभएको छ ।








