काठमाडौँ ,१५ फागुन ।

एमालेका सबै मन्त्रीहरुले दिए राजीनामा नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा
बुझाएका छन् । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर एमालेका ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन् । आज बिहान नेकपा एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेसँगै पार्टीका मन्त्रीहरु प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन् ।

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी हुनुहुन्थ्यो । राजीनामा दिने अन्य मन्त्रीहरूमा परराष्ट्रमन्त्री डा।विमला राई पौड्याल, भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, कृषिमन्त्री ज्वालाकुमारी साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र रक्षामन्त्री हरी उप्रेती हुनुहुन्छ । पुस ११ गते सरकारमा सहभागी भएको एमालेले २ महिना पछि सरकार छाडेको छ ।

गएको पुस १० गते नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन एमालेसहित सात दलका सांसदले हस्ताक्षर गरेर बहुमत पु¥याएका थिए । त्यति बेला राष्ट्रपति पद एमालेले पाउने मौखिक सहमति भएको थियो । तर, सहमतिविपरीत प्रधानमन्त्रीले नेपाली काँग्रेससहितको आठदलीय मोर्चा बनाएर राष्ट्रपतिमा काँग्रेस उम्मेदवार
रामचन्द्र पौडेललाई प्रश्ताव र समर्थन गरेसँगै एमाले सरकारबाट बाहिरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here