काठमाडौँ , १५ फागुन  ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभार सुख्खा बन्दरगाह पूर्णरुपमा सञ्चालनका लागि चाँडै फास्ट ट्रयाक बन्नुपर्ने बताउनुभएको छ ।  सोमवार आर्थिक पत्रकार समाजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक गजुरेलले यस्तो बताउनुभएको हो ।

उहाँले कुनैपनि पूर्वधार आइसोलेसनमा चल्न नसक्ने भन्दै चोभार सुख्खा बन्दरगाह पूर्ण रुपमा सञ्चालनको लागि तत्काल फास्ट ट्रयाक बन्न आवश्यक रहेको बताउनु भयो । उहाँले बन्दरगाहमा व्यवसायीहरुले कन्टेनरमा ल्याउने सामान लामो बाटोबाट चोभार ल्याउनु भन्दा पनि वीरगञ्जबाट सिधै काठमाडौं ल्याउन खोज्नु स्वभाविक भएको बताउनु भयो । उहाँले चोभार सुख्खा बन्दरगाह भन्दा अगाडि सक्ने योजनाका साथ अघि बढेको फास्ट ट्रयाकको काम अहिलेसम्म नसकिएकाले सञ्चालनमा समस्या देखिएको बताउनु भयो । कार्यकारी निर्देशक गजुरेलले फास्ट ट्रयाक र रेल जडान भएपछि राम्रो हुने बताउनु भयो । उहाँले सरकारले बन्दरगाहमा रेल जोड्ने योजना अगाडि बढीरहेको बताउनु भयो । उहाँले इन्टरमोडलले बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनलका रुपमा सञ्चालनमा ल्याएको बताउनु भयो ।

उहाँले आन्तरिक टर्मिनल बनाउँदा पार्किङ र गोदामको लागि नभएर लजिस्टिक हबको रुपमा काम गर्न खोजिएको बताउनु भयो । उहाँले अहिले काठमाडौंका बीच सडकमा कन्टेनर राखेर सामान झार्ने कामलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘चोभार बन्दरगाहको एक भागलाई आन्तरिक टर्मिनल भनेर सञ्चालनमा ल्याएका छौं । यो पार्किङ र गोदामको लागि खोलियो भनिएको छ । त्यसको लागि खोलिएको होइन । त्यस्तो अन्तर्राष्ट्रिय रुपमा चलेको तर
नेपालमा यस्तो विकास नभएको कुरा विकास गर्न खोजेका छौं । व्यापारमा विश्वभर लजिस्टिक हबको विषय चलिरहेको हुन्छ ।

ठूलो कन्टेनरमा आएको वस्तु पल्टि गरेर साना–साना ट्रकमा सामान पु¥याउने हो । आजको दिनमा काठमाडौंमा भइरहेको छ । त्यो कहाँ भएको छ भन्दा त्यो बीच सडकमा भइरहेको छ । सधैँ हामी अव्यवस्थित भएर नै चल्ने हो । हाम्रो दायित्व बन्दरगाह मात्रै सञ्चालन गर्ने होइन । व्यापारलाई सहजिकरण गर्ने हो । लजिस्टिक हपको योजना ल्याएर काम गर्न खोजेको
हो । त्यसको लागि पार्किङ गर्नुपर्ने हुन्छ । व्यवसायीहरुले निर्यातको लागि पार्किङ गर्छु भन्नेहरुको लागि आन्तरिक टर्मिनलमा खुला गरेका छौं । पत्रकारहरुको समाचार लेख्दा राम्रो शब्द चयन हुँदा सकारात्मक सन्देस जान्छ । बन्दरगाहपूर्ण रुपमा चल्नको लागि फास्ट ट्रयाक चाँडै बन्नुपर्छ ।  उहाँले समितिको दायित्व बन्दरगाह सञ्चालन गर्ने मात्रै नभएर व्यापारलाई सहजिकरण गर्ने हिसावले काम गरिरहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here