रौतहट ।

रौतहटको सदरमुकाम गौरमा आयोजना गरिएको १० औ महिला साइकल दौड़ प्रतियोगितामा रबीना कुमारी साह प्रथम भएकी हुन।
राजदेवी मिडिया सेन्टरले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको महिला साइकल दौड़ प्रतियोगितामा २२ जनालाइ पछि पार्दै राजदेवी नगरपालिकाका रबीना साहले पहिलो स्थान हासिल गरेकी हुन ।
विभिन्न छनौट प्रक्रिया पार गर्दै फाइनलमाँ छनौट भएर आएकी २३ जनाले सहभागिता जनाएकोमा रबीना साह प्रथम , गौर नगरपालिकाका चंचल कुमारी दोस्रो तथा गौर नगरपालिकाका मिथलेश कुमारी तृतीय स्थान हासिल गर्न सफल भएका छन ।
प्रतियोगितामा प्रथम भएकालाइ ५० हजार ,दोस्रोलाइ ३० हजार ,र तेस्रो भएकालाइ २० हजार नगद पुरस्कारबाट पुरस्कृत गरिएको आयोजक सस्थाले जनाएको छ । फाइनल प्रतियोगितामा सहभागी भएका सवैलाइ एक एक वटा साइकल प्रदान गरिएको छ ।
पुरस्कार वितरण समारोहमा सम्वोधन गर्दै नेपाल सरकारका कृषि तथा पशु पंछी मन्त्री ज्वाला साहले महिलाहरुको सवै क्षेत्रमा बढ्दै गएको सहभागिताले हर्षित भएको बताएका छन ।
संघीयता पछि महिलाहरु सवै क्षेत्रमा आफ्नो सहभागिता , प्रतिभा , पहुंच बनाउन लागेको साहले बताए । मन्त्री साह ले कृषि क्षेत्रमा प्राथमिकता क्रम मिलाएर योजना समेत पठाउन स्थानीय सरकारका प्रमुखहरुलाई आग्रह समेत गरे ।
राजदेवी मिडिया सेन्टरका अध्यक्ष राम पुकार राउतको सभापतित्वमा भएको समारोहमा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका डाक्टर चितरंजन साह , डाक्टर सरोज सिंह र निशुल्क शिक्षा प्रदान गर्दै आएका शिक्षक नीरज साहलाइ सम्मान गरिएको छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकूद मन्त्री मोहमद जैद आलम , गृह तथा संचार राज्य मन्त्री केशव राय चौधरी , गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको आयोजक सस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here