काठमाडौं २१ मंसिर  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
मंगलवार नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएपनि उहाँले यस्तो बताउनुभएको हो । उहाँले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरेपनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुशी व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले मन्त्रीपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । काँग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि उहाँले त्यहाँका  समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष आज ध्यानाकर्षण गराउनुभएको हो । ध्यानाकर्षण पत्रमा
आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here