फाल्गुन २०७९ , १२, रौतहट।

रौतहटको गौर नगरपालिका स्थित राईस मिल मैदानमा आयोजित ५१ कुण्डिय विष्णु महायज्ञ तथा अन्तर्राष्ट्रिय सन्त सम्मेलन स्थलमा विहिवार कथा वाचन गर्दै महिला शास्त्री हेमलताले सन्सारलाई सन्त र नारी शक्तिले परिवर्तन गरेको ईतिहास स्मरण गर्दै नारीलाई कमजोर नठान्न अनुरोध गर्नु भयो ।

प्रसिद्व कथावाचक महिला शास्त्रीले दण्ड जहिले पनि कमजोरलाई हुने गरेको बताएकि छन । तैपनि पुरुष प्रधान यस समाजमा शेरको बलि हुदैन खसिको मात्र बलिदिने गरिन्छ । जहिले पनि महिलालाई कमजोर ठान्ने गर्दछन । महिलालाई कमजोर नठान्न प्रस्ट पारनु भयो । उहाँले महिला जहाँ बसे प्रेम वातस्ल्य ,करुणा जागृत हुने गरेको बताउनु भयो । जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको वास हुन्छ ।

नारि काली, कलि, फुलबारी ,बेटी ,सिता सबैलाई नारीको संज्ञा दिनु हुदै। नारिलाई अपमान गर्ने पुरुष हुनै सकदैन ।वहाँले नारीलाई सम्मान गर्न सबैसंग अनुरोध गर्नु भयो । संसारमा बनावट मिलावट दिखावट सिखावटमा बढि विश्वास गर्ने भएकोले भगवानमा आस्थ भए ती कुराको जरुरी नहुने बहांले बताउनु भयो । सबैलाई शास्त्र र संस्कार सम्झिनु जरुरी रहेको बोल्दै
शिक्षाको जिवनमा ठुलो महत्व रहेको छ ।

शिक्षाले मनुष्यलाई मनुष्य बनाउछ । शिक्षा र संस्कार ऐन बताउदै शिक्षा मजबुत हुने समाजको चमक बेग्लै हुने गरेको बताए । अविनाशि जसको नाश न होस । परमात्माको नास हुदैन । आमालाई अफना बच्चालाई बोतलको दूध नखुवाउने अनुरोध गर्दै बोतलको आदतले नै कोकाकोला हुँदै मदिरापानको आदत हुने गरेको चेतावनी दिनु भयो । अहिलेको आमा दूध खुवाउन चाहदैन, शरिर खराब हुन्छ भनेर तर शराब सम्मको आदत लाग्न नदिन आफ्ना सन्तानलाई कम्तिमा ६ महिना आफ्ना दूध खुवाउन आग्रह गर्नु भयो । कथाको भोली शुक्रबार दिउँसो ०२ स बजे शुरुभई सांझ ०५स्०० बजे सम्पन्न भएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here