काठमाडौँ १२, फागुन।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ ।

धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।
सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सरकार सर्वोच्च पुगेको छ भने आफू देश बाहिर पनि जान पाउनुपर्ने निवेदन लिएर सन्दीप पनि सर्वोच्च पुगेका छन् ।








