काठमाडौं १० मंसिर  ।

उद्योग सचिव तोयम रायले रुग्ण उद्योग चलाउने वा नचलाउने विषयमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक रहेको बताउनुभएको छ ।  शुक्रवार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सचिव रायले रुग्ण उद्योग चलाउने वा नचलाउने भन्ने बारेमा निजी क्षेत्र र सरकार बसेर छलफल गर्न आवश्यक भएको बताउनुभएको हो । उहाँले रुग्ण उद्योगमा प्रयोग भएका मेसिनको पाटपूर्जा बिग्रिएमा विश्वमा नै नपाउने अवस्था रहेकाले निजी क्षेत्र र सरकार बसेर गम्भिर रुपमा छलफल गर्न आवश्यक बताउनु भयो । उहाँले सरकारले विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग र जनकपुरको चुरोट कारखाना सञ्चालनमा ल्याउने भनेपनि समस्या रहेको बताउनु भयो । उहाँले पछिल्लो समय निजी क्षेत्र चार वस्तुको आयात प्रतिवन्ध भएको विषयलाई ठूलो मुद्दा बनाएको बताउनु भयो । उहाँले सरकारले ६ महिनासम्म पाँच वस्तुको आयात खुल्ला गरेको भए थप ५० अर्बको सामान आयात हुने देखिएको बताउनु भयो । सचिव रायले चार वटा वस्तुको आयात प्रतिवन्धले मात्रै उद्योग व्यापारमा माग कमी नभएको बताउनु भयो । त्यस्तै वाणिज्य सचिव डा। तोयनारायण ज्ञवालीले सरकारले सोचे जस्तो विदेशी लगानी आउन नसकेको बताउनु भयो । उहाँले नेपाल जस्तै देश यतनाम,कम्बोडिया
जस्ता देशहरुमा जीडिपीको १५ प्रतिशतसम्म पुगेको बताउनु भयो । उहाँले नेपालमा भने जिडीपीको १ प्रतिशतमा रहेको बताउनु भयो । बाइट।।।डा।तोयनारायण ज्ञवाली,सचिव,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उहाँले उद्योगहरुको अन्तराष्ट्रिय देशहरुमा गुणस्तर तथा लागतको हिसावले प्रतिष्पर्धा गर्न सक्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले
मन्त्रालयले अहिले आएका नयाँ स्टार्ट अप उद्यमको क्षेत्रमा पनि जान आवश्यक रहेकाले मन्त्रालयले काम गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here