काठमाडौं १८ कात्तिक ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । विश्वभरका पर्यटकहरुलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रुपमा अघि बढाउने उहाँको भनाई थियो । थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको बसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरुका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरु आकर्षित हुने गरी आफूले योजना तयार पारेको दावी समेत गर्नु भयो । पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार परेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिने समेत बताउनु भयो ।

नेपाललाई १२ महिनानै पर्यटन गन्तव्य स्थलको रुपमा स्थापित गर्नुपर्छ भन्ने मान्यतासहित अहिले पर्यटन मन्त्रालयले कार्यक्रमहरु अगाडि सारेका छौं । र, म यो मन्त्रालयको जिम्मेवारीमा आईसकेपछि ७३ बूँदाको पर्यटन विकासको कार्यक्रमहरु तत्कालीन, मध्यकालीन र दीर्घकालीन महत्वको कार्यक्रमहरु अगाडि सारेको छु । र, पर्यटन क्षेत्रलाई समावेशी ढंगबाट विकास गर्ने उद्देश्यसहित कार्य योजनाहरु तयार गरेको छु । नेपालको पर्यटन क्षेत्र अव हिमाल र टे«किङमा मात्रै होइन्, हाम्रा कल्चरहरु, नेचरहरु र यहाँ रहेका जुन वैभवहरु छन । यसलाई पूर्वाधार विकास गरेर १२ महिनानै पर्यटकहरु आउन सक्ने वातावरण तयार गर्नुपर्छ भन्ने मान्यताहरुसहित हामीले पर्यटनको योजना अगाडि सा¥यौं । अव नेपाल भ्रमण वर्ष भनेर जुन यस क्षेत्रको प्रमोशनको कामहरु ग¥यौं । अव हामीले दीर्घकालीन रुपमा पर्यटन क्षेत्रको दीगो विकास गर्ने भनेर २०२३ देखि २०३२ सम्मलाई ‘पर्यटक भ्रमण दशक’ भनेर घोषणा गरेका छौं । अव यो पर्यटक भ्रमण दशकलाई केन्द्रित गरेर नेपालको पर्यटन क्षेत्रको विकासको कामलाई अगाडि बढाउने छौं । र, संसारका पर्यटकहरुलाई नेपाल पटक नेपाल जानैपर्छ भन्ने वातावरण निर्माण गर्ने कुरालाई हामी अभियानको रुपमा संचालन गर्दैछौं । मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रुपमा विकास गराउन सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नु भयो । ३ दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्वका सम्पदाहरुको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here