काठमाडौं १५ कात्तिक ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले समाजका चुनौतीहरुलाई सकारात्मक रुपमा समाधान गर्न आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा ‘ओभरलुक फेसेस अफ नेपाल’ नामक पुस्तक विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले आगामी दिनमा समाजमा रहेका हरेक चुनौतीहरुको सकारात्मक दृष्टिकोणबाट मात्रै सामना गर्न सकिने बताउनु भयो । उहाँले समाजका चुनौतीलाई बोलेर नभइ कार्यान्वयनमा ल्याएर देखाउन जरुरी
रहेको बताउनु भयो । नेता सिंहले यतिबेला सबै राजनीतिक दल र नेताहरु आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ब्यस्त रहेकाले आफू पनि निर्वाचनमा लागिरहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा विजयी हुन
आफ्नो टिम हरेक किसिमबाट लागिपरेको बताउनु भयो । नेता सिंह नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनको साझा उम्मेदवारको रुपमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को लागि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।








