काठमाडौं १५ कात्तिक  ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभाव हुनु जरुरी रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा साहित्यकार खगेन्द्र संग्रौलाको पुस्तक एक बाघी लोकपर्ण समारोहमा बोल्दै उहाँले हरेक व्यक्तिको सोचमा समय र समाजको प्रभावसँगै संगतको प्रभाव हुन आवश्यक रहेको बताउनुभएको हो । उहाँले साहित्यकार संग्रौला आफू सरहका काँग्रेसी नेताहरुको पनि गुरु भएकाले उहाँको जीवनबाट र साहित्य रचनाबाट हरेक नेपालीहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको बताउनु भयो । महामन्त्री थापाले आफ्नो जीवनमा खगेन्द्र संग्रौलाले नै प्रश्न गर्नुपर्छ र अन्यायबिरुद्ध लड्नुपर्छ भन्नेकुरा सिकाएको बताउनु भयो । उहाँले साहित्यकार संग्रौलाको नयाँ पुस्तक एक बाघी कोही एक व्यक्तिको जीवनमा आधारित नभइ समय र समाजले बुझ्नुपर्ने कुराहरु समेटेको पाएको बताउनु भयो ।महामन्त्री थापाले साहित्यकार संग्रौलाका पुस्तकमा समेटिएका हरेक शब्दहरुलेमाजको यथार्थता र समयको मागलाई सम्बोधन गर्ने पाएको बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here