रौतहट, २९ असोज ।
मेचीमहाकाली बुहारी सयुक्त आवाज, रौतहटले रौतहटको गरुडा नगरपालिका, वडा नं.४ मा संचालित बंशीराम जयसवाल अनाथालयका बालबालिकाहरुलाई दशैको उपलक्ष्यमा लत्ताकपडा वितरण गरेको छ ।


बुहारी सयुक्त आवाज रौतहटले अनाथालयमा रहेका ३१ जना बालबालिकालाई लत्ताकपडा तथा माक्स वितरण गरेको हो ।

सयुक्त आवाजका सल्लाहकार एवम चन्द्रपुर नगरपालिकाका उपमेयर रामरति चौधरीले समाजमा विद्धमान रहेको महिला तथा पुरुषहरु समस्या समाधानको कार्यका साथै विपन्न असहाय तथा अनाथलाई सेवा गर्ने कार्य आरम्भ गरि छोटो समयमा नै चर्चा कमाउन सफल सयुक्त आवाज संयोजक पुजा पाठक तिमिल्सिना लगायतका टिमलाई धन्यवाद दिए ।


आफुले अनाथ रहेको अफ्ना समाजका बालबालिकालाई सानो उपहार दिदा असाध्यै खुशी लागेको समेत बताए ।


उपमेयर चौधरीले कुनै एक तह वा निकायले मात्रै नभई जिल्लामा रहेको १८ वटै पालिकाहरुले समान्य सहयोग गरे पनि अनाथालय संचालनमा कुनै समस्या नआउने विचार राखिन ।


लत्ताकपडा वितरण कार्यक्रममा उपाध्यक्ष सुमित्रा चौधरी, कोषाध्यक्ष रत्ना चौधरी, सचिव जयमाला चौधरी, सदस्य कोपिला तिमल्सिना,अनिता घिमिरे,सुजु सिग्देल र मेचीमहाकाली बुहारी सयुक्त आवाज गुजरा उपसमिति संयोजक रत्ना लामा समेतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here