रौतहट, २९ असोज ।
मेचीमहाकाली बुहारी सयुक्त आवाज रौतहटको पहल तथा प्रहरीको सहयोगमा चन्द्रपुर नगरपालिका १ निवासी अमरसिंह जिस्वाले आफ्ना हराएकि श्रीमती भेटाएका छन् ।
गएको असोज २६ गते जिस्वाले आफ्ना श्रीमती निरु तामाङको खोजतलास गरिदिनु भने मेची महाकाली बुहारी सयुक्त आवाज रौतहटलाई गरेको अनुरोध पछि संयोजक पाठकका टिमले खोज तलास कार्य आरम्भ गरेका थिए । संयोजक पाठले श्रीमान जिस्वा तथा अन्य अन्यहरुबाट पाएको जानकारीका अधारमा काठमाडौंमा आफ्ना प्रेमिका संग रहेकी निरुलाई श्रीमानको जिम्मा लगाउने कार्यमा सहयोग गर्न काठमाडौं कपन प्रहरीलाई अनुरोध गरे पछि निरुको खोज तलास गरि प्रहरीले नियन्त्रणमा लिई निजको श्रीमान जिस्वालाई ईप्रका चन्द्रनिगाहपुरमा बुझाउने गरि पठाएका थिए ।
ईप्रका चन्द्रनिगाहपुरमा आएकि श्रीमतीको निरुलाई घर जाउ भनने अनुरोध गर्न गएको श्रीमान जिस्वा तथा सयुक्त आवाजका पदाधिकारीहरु विच भन्नाभन्न समेत भएको थियोे ।
बिहिवार वडा नं १ को मेलमिलाप कार्यालयमा पिडित र पिडक तथा सरोकारबालाहरु विच भएको छलफल तथा मेलमिलाप पछि निरु आफुले गरेका गलतीहरु बारे क्षमा माग्दै अब आइन्दा यस्ता गल्ती नगर्ने र श्रीमान तथा बच्चाहरूलाई संगै लिई घर बस्ने प्रतिवद्धता जनाएको सयुक्तका रौतहट संयोजक पाठकले जानकारी दिनु भयो ।

बिहिवार भएको छलफलमा सयुक्त आवाजका पदाधिकारीहरु वडा कार्यालयका वडाअध्यक्ष विरबहादुर, सामुदायिक प्रहरीका प्रतिनिधि तथा वडनसदस्यहरु मेचीमहाकाली बुहारी सयुक्त आवाज, रौतहटका उपाध्यक्ष सुमित्रा चौधरी, कोषाध्यक्ष रत्ना चौधरी, गुजरा उपसमितिका संयोजक रत्ना लामा समेतको उपस्थिति रहेको थियोे ।







