काठमाडौं,१०,भदौ  ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको
जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,सहकारी तथा प्राकृतिक श्रोत समितिले
तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको
छलफलमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत आयोजना
बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताउनु
भयो । निर्देशक घिसिङले जलविद्युत आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत
प्रयोग गर्न नपाउने,वनको जग्गा प्राप्तिमा अर्बौ रुपैयाँ आयोजनाले खर्च
गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताउनु भयो ।
उहाँले नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत भएकाले जलविद्युत सस्तो वा
महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताउनु भयो । घिसिङले
जलविद्युत महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले
जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा
निर्यात हुने दाबी गर्नुभयो । बंलादेशमा विद्युत निर्यात गर्नको लागि
भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताउनु भयो । घिसिङले ५०
अर्बको तनहँु जलविद्युतमा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३
अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनु भयो । उहाँले
सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट
उत्पादन हुने विद्युत महँगो हुनु भएको बताउनु भयो ।

नेपालको इनर्जिको स्रोत भनेकै जलविद्युत हो ।
जलविद्युतलाई नेपालले कति सस्तो बनाउने भन्नेकुरा नेपाल सरकारकै गतिविधिले
गर्छ । जलविद्युत सस्तो भयो भने जनताले सस्तोमा पाउँछ । जलविद्युत सस्तो
भयो भने भारत र बंगलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत
महँगो भयो भने निर्यात हुँदैन । त्यसैले नेपालको जलविद्युत सस्तो बनाउनेकी
महँगो बनाउने हाम्रो गतिविधिले गरिरहेको छ । तनहँु जलविद्युत ५० अर्बको
परियोजना हो । जसमा करिव ३ अर्ब वन र सरकारी जग्गालाई तिर्नुप¥यो । त्यस्तै
निजी जग्गाको अर्को ३ अर्ब गरी ६ अर्ब र सरकारकै जग्गाको लागि आयोजनाको ६
प्रतिशत लागत बढ्नु भनेको राम्रो होइन । यो आयोजना महँगो छ । रिर्टन भनेको
५ प्रतिशत पनि छैन । यो एकदमै महँगो आयोजना शुरु भएको हो । यो आयोजनामा
एडीबी लगायतको ऋण भएकाले अगाडि बढेको हो । नत्र यो आयोजना भन्दा धेरै
राम्रा आयोजनाहरु अगाडि बढेका छैनन् । यसरी नै हामीले आयोजनाहरु मँहगो
बनाउँदै जाने हो भने हाम्रो जलविद्युत जनतालाई पनि महँगो पर्छ । नेपालको
विद्युत निर्यात हुन पनि गाह्रो पर्छ । बंगलादेशमा भारतबाट विद्युत सस्तो
पाउँछ भने नेपालको जलविद्युत बंगलादेशले किन किन्छ रु त्यसैले यो गम्भिर
रुपले हेनुपर्नै विषय हो । हाम्रो प्राकृतिक स्रोत हामीले प्रयोग गरे
मात्रै हामीलाई सस्तो पर्ने हो । हाम्रोमा जनलाईज गर्ने प्रचलनले पनि
गाह्रो भयो । कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए त्यो करिडोरमा
कुनै पनि परियोजना सस्तो हुँदैन । हामीसँग भएका स्रोतको आवश्यकता अनुसार
प्रयोग गर्नु पर्छ । त्यसबाट पैसा आउँछ ।’

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरु महँगो बनाउँदै जाने हो भने
जलविद्युत जनतालाई समेत महँगो पर्ने बताउनु भयो । उहाँले नेपालको विद्युत
महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताउनु भयो । घिसिङले
प्राकृतिक स्रोत प्रयोग गरे मात्रै जलविद्युत सस्तोपर्ने भन्दै स्रोतहरुको
प्रयोग गर्ने नीति आवश्यक रहेको बताउनु भयो । उहाँले कालिगण्डकीको कुनैपनि
स्रोत प्रयोग गर्न नपाए कालिगण्डी करिडोरमा कुनैपनि परियोजना सस्तोमा बन्न
नसक्ने बताउनु भयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको
आवश्यकता अनुसार प्रयोग गरे मात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here